बुधवार, 19 अक्टूबर 2011

प्रहरीले १२ सय लिटर रक्सी नियन्त्रणमा लिई नष्ट गरे


 नुवाकोट,कार्तिक २ नुवाकोटको सदरमुकाम विदुरमा रहेको भट्टीमा छापा मारेर प्रहरीले १२ सय लिटर रक्सी नियन्त्रणमा लिई नष्ट गरेको छ । प्रहरीले जिल्ला प्रसासन कोष तथा लेखा नियन्त्रण कार्यालय विभिन्न राजनितिक दलका प्रतिनिधीहरुको रोहबरमा एक हजार २ सय लिटर मदिरा नष्ट गरेको हो ।

नियन्त्रित रुपमा जिल्लाको मदिरा बिक्रीवितरण गर्न दिने जिल्ला प्रसासनको निर्णय पछि प्रसासन र प्रहरीको संयुक्त टोलीले अबैध घरेलु मदिरा नियन्त्रण गर्न होटलहरुमा छापा मारेको घरेलु मदिरा बरामद गरेको  प्रमुख जिल्ला अधिकारी मधुसुदन बुर्लाकोटीले बताउनुभयो ।


जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रसासन कार्यालयले विदुर नगरपालिको बट्टार विदुर ढुंगे र त्रिशूली बजारका होटलहरुबाट एक हजार २ सय  लिटर घरेलु मदिरा बरामद गरेको हो ।  स्थानीय प्रसासनले २०५६ साल कात्तिकदेखि नुवाकोटलाई मदिरा निषेधित जिल्लाको रुपमा घोषणा गरेकोमा त्यसबाट कालोबजारी बढेको गुनासो आए पछि गत असोज ३ गते विदुरमा सर्वपक्षिय भेला गरी नियन्त्रित रुपमा मदिरा विक्री खुला गरिएको थियो ।

(डिसीनेपाल डटकम संवाददाता)

कोई टिप्पणी नहीं: