ध्रुव दंगाल, सिन्धुपाल्चोक, कात्तिक ९- ऐतिहासिक गौराति भीमेश्वरको मुर्ति चोरेको अभियोगमा पक्राउ परेका सातमध्ये पुजारीसहित ६ जनालाई सिन्धुपाल्चोक जिल्ला अदालतले पूर्पक्षका लाथि थुनामा राख्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश अनन्तराज डुम्रेको इजलासले मंगलबार यस्तो आदेश दिएको हो। उनीहरुले भदौ २९ गते अर्का पुजारी बलबहादुर श्रेष्ठको पीपलडाँडा-८ स्थित घरमा सुरक्षाको लागि राखिएको पुरातात्विक महत्वको मूर्ति चोरेका थिए। घटनाको दुई सातापछि असोज १४ गते सिआइवीसमेतको सहयोगमा उनीहरुलाई जिल्ला प्रहरीले पक्राउ गरेको थियो।
थुनामा राख्न आदेश दिइएकाहरुमा पीपलडाँडा-८ का पुजारी ३७ वर्षीय कृष्ण श्रेष्ठ, इर्खु-७ का प्रमुख योजनाकार गणेश श्रेष्ठ (३४), सोही ठाउँका नारायण भन्ने पदम श्रेष्ठ (२४), दिलबहादुर श्रेष्ठ (२३) तथा फूल्पिङडाँडा-२ का चीनबहादुर तामाङ (३५) र सोही गाउँका वैद्य तामाङ (५०) रहेका छन्।
मूर्ति चोर्ने योजना र काममा सामेल नभएका तर लुकाउन सहयोग गर्ने फूल्पिङडाँडा-२ मकर तामाङ (३३) लाई भने अदालतले २ लाख ६० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ। धरौटी बुझाउन नसकेपछि उनीसहित सातै जनालाई मंगलबार साँझै जिल्ला कारागार चलान गरिएको इन्स्पेक्टर वेणी सिललालले बताए।
पुरात्व विभागले सुन र चाँदी मिश्रित १ सय २० वर्ष प्राचिन उक्त मुर्ति पुरातात्विक महत्वको भएको प्रमाणित गरेपछि प्रहरीले अभियुक्तहरुलाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार मुद्दा चलाएको थियो। ऐनमा पुरातात्विक महत्वको बस्तु चोर्ने, नष्ट गर्ने कार्यमा संलग्नलाई ५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैदा वा दुबै सजाय हुने व्यवस्था छ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें