
पोखरा,कार्तिक ६ - कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा पोखरामा आयोजित खेलकुद महोत्सव सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको महोत्सवमा १ सय ८० स्वर्णसहित कूल ५ सय ६४ मेडलका लागि झण्डै २ हजार खेलाडी प्रतिस्पर्धामा उत्रिएका थिए ।
महोत्सवमा ४ स्वर्णपदकसहित अर्मला गाविस उत्कृष्ट खेलकुद गाविसमा घोषित भएको छ । १८ वटा खेलहरु एकै पटक आयोजना गरिएको महोत्सवमा अर्मलाले ३ वटा सितोरीयो कराँते र एउटा एथ्लेटिक्समा स्वर्ण पदक ल्याउंदै उत्कृष्ट गाविस हुन सफल भएका हो । जिल्ल्लाका ४३ गाविसमध्ये २३ वटा गासिवहरुको सहभागिता रहेको थियो ।
(डिसीनेपाल डटकम संवाददाता)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें