२२ जेठ, काठमाडौं । संविधानप्रति असन्तुष्टि जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन सुरु गरेको १० महिना पुग्न लागिसकेको छ । पछिल्लो समय आन्दोलन केही मत्थर त भएको छ, तर सकिएको छैन।नाकाबन्दी जस्तो गम्भीर आत्मघाती कामसमेत गरेको मोर्चा केही लचिलो बन्दै आन्दोलनको स्वरुप परिवर्तन गरेर अघि बढेको छ । मोर्चा हुँदै संघीय गठबन्धनमा आन्दोलनरत पक्षको विस्तारसमेत भएको छ ।
पछिल्लाने समय आन्दोलनरत पक्ष र सरकार दुवैले एक अर्कालाई गलाउने र थकाउने रणनीति लिएका आजको राजधानी दैनिकमा जीवनाथ शिवाकोटीले लेखेका छन् । विगतमा ३६ पटकसम्म वाताए पनि भए । त्यसैको परिणाम नाकाबन्दीसम्मको आन्दोलन गरेको मोर्चा पछिल्लो समय सिंहदरकार केन्दि्रत बन्यो । त्यसमा पनि खासै प्रगति नभएपछि उसले रिले अनसनको कार्यक्रम सार्वजनकि गरेको छ ।
तराई मधेसको आन्दोलन सेलाउँदै गउको सरकारी पक्षको बुझाइ छ । प्रधानमन्त्री केपी ओलीले एक सार्वजनिक समहारोहमै तराईको आन्दोलन सेलाउँदै गएको बताइसकेका छन् ।
तराई मधेसको आन्दोलन सेलाउँदै गउको सरकारी पक्षको बुझाइ छ । प्रधानमन्त्री केपी ओलीले एक सार्वजनिक समहारोहमै तराईको आन्दोलन सेलाउँदै गएको बताइसकेका छन् ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें