राज्यसत्ता काठमाण्डौं,जेठ २९ - राष्ट्रिय जनमुक्ति पार्टीको पाचौं एकता महाधिवेशन संघिय जनमुक्ति पार्टीको नाम वाट आज काठमाण्डौं स्थित धोविघाटको सिद्धार्थ कटेजमा सम्पन्न भएको छ ।

यो घडिसम्म आईपुग्दा पार्टी अप्ठयारो मोडमा पुगको र नयां शक्ति संग टाँसिने वा एक्लै हिड्ने यसै महाधिवेशनले टुङगाउने छ थापाले थपे । थापाले पार्टी एकताको पक्षमा खुलेरै मन्तव्य राखेका थिए । नयां शक्तिका संयोजक बाबुराम भट्टराईले संघिय जनमुक्ति पार्टीको महाधिवेशनमा विशेष अतिथिको रुपमा शुभकामना मन्तव्य दिन पुगेका थिए ।भट्टराईले आफ्नो मन्तव्यका क्रममा जनमुक्ति पार्टी संग एकता गर्न निकै सकरात्मक र कुनै स्वार्थ र अडान नरहेको जनाउदै जनमुक्तिलाई फकाई रहेका थिए । महाधिवेशनको प्रमुख अतिथि पार्टीका अध्यक्ष एमएस थापा र विशेष अतिथिमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई थिए ।
अन्य अतिथिहरूमा पर्शुराम तामाङ,अटल बहादुर रार्इ पहिलो संविधानको राज्य पुर्नसंरचनाका संयोजक डा.मदन परियार ,डिके बुद्धिष्ट,तराई थारु पार्टीका अध्यक्ष थानीराम थारु,पार्टीका संस्थापक सदस्य रामबहादुर तुम्बाहाम्फे र केन्द्रिय उपाध्यक्षहरु तथा केन्द्रिय सदस्यहरु उपस्थिति रहेको थिए भने कार्यक्रम सञ्चालक पार्टीका उपमहासचिव इन्द्रकला थापा मगरले सञ्चालन गरेका थिए । २९ र ३० गते पार्टीको बन्दसत्रले नयां नेतृत्व चयन गर्ने छ ।



कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें