९ चैत, काठमाडौं । पाटन दरवार स्क्वायर भ्रमणका क्रममा बेलायती राजकुमार हृयारीलाई स्वागत गरेको तस्वीर राख्दै द टेलिग्राफले लेख्यो-प्रिन्स हृयारीलाई नेपालमा पाँच भर्जिनहरुले भाग्य र पवित्रताको समारोहका बीच स्वागत गरे । केही बेलायती सञ्चार माध्यमहरुले पनि यस्तै हेडलाइन लेखे । खासमा बेलायती राजकुमार हृयारीलाई पञ्चकन्याले स्वागत गरेका थिए । जसलाई हिन्दु धर्ममा पञ्चकन्याको अर्थ अहिल्या, द्रौपती, सीता तारा र मन्दोदरी हुन्छ । पञ्चकन्यालाई शुद्धता र पवित्रताको प्रतिकका रुपमा हिन्दु धर्ममा मानिन्छ । नेपालमा कञ्चकन्या वा पञ्च कुमारीलाई जिवित देवीको रुपमा समेत लिने गरिन्छ ।
समाचारभित्र पञ्चकन्या भन्ने उल्लेख गरिएको छ । तर, हेडलाइनमा भर्जिन भन्ने शब्द प्रयोग गरिएको छ । अंग्रेजीमा भर्निजको अर्थ कहिल्यै शारीरिक सम्वन्ध नराखेको भन्ने अर्थ लाग्छ । यो समाचारको शीर्षकलाई लिएर धेरै नेपालीहरुले असन्तुष्टि जनाएका छन् । गौरभकुमारले उक्त समाचारमा कमेन्ट गर्दै ‘खराब हेडलाइन’को संज्ञा दिएका छन् र हिन्दु सँस्कृतिबारे पढ्न सुझाएका छन् । डा. सुधांसु केसीले ट्वीट गर्दै यसलाई लाजमर्दो बताएका छन् । अंग्रेजी उनीहरुको भाषा भएपनि उनीहरुले नै नजानेको टिप्पणी गर्दै उनले फाइभ भर्जिन लेख्नु लाजमर्दो भएको बताएका छन् ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें