गुरुवार, 5 नवंबर 2015

मधेशीमाथि मानवअधिकार हनन गर्दै दमन गरिएकोविरुद्ध जेनेभामा प्रदर्शन !

जेनेभा, कार्तिक १९। नेपालमा हालै जारी भएको संविधान विभेदकारी भएको भन्दै अधिकारको लागि आन्दोलन गरिरहेका मधेशीमाथि भएको दमनविरुद्ध संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्च आयुक्तको कार्यालय जेनेभाअगाडि प्रदर्शन भएको छ ।
मधेशीमाथि मानवअधिकार हनन गर्दै दमन गरिएकोविरुद्ध जेनेभामा प्रदर्शनमधेशीहरुलाई गोली हानी हत्या गर्दै नेपाल सरकारले मानवअधिकार हनन गरेकोबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता देवेन्द्र यादव जेनेभा पुगेका हुन् ।
जेनेभामा मानवअधिकारको विश्वव्यापी आवधिक समिक्षा (युपीआर) जारी रहेका बेला नेता यादवले विभिन्न देशका प्रतिनिधिहरुसँग मधेसबारे ‘लबिङ’ गरेका छन् । समीक्षा बैठक चलिरहेको उच्च आयुक्तको कार्यालयअगाडि उनले नेपालको संविधान विभेदकारी रहेको भन्दै ‘नेपालको संविधान’ जलाउनुका साथै विरोध प्रदर्शन पनि गरेका छन् ।

युपीआरमा यादवबाहेक मानवअधिकारवादी एवं अधिवक्ता दीपेन्द्र झा पनि पुगेका छन् । उनले पनि मधेसमा मानवअधिकारको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका छन् ।
युपीआरमा राष्ट्रसंघका सबै सदस्य राष्ट्रको मानवअधिकारको विश्वव्यापी समीक्षा गरिन्छ । सरकारको नेतृत्व गर्दै परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा टोली त्यहाँ पुगेको छ ।

कोई टिप्पणी नहीं: