मंगलवार, 3 नवंबर 2015

“अरुलाई गाली गरेर मात्र पहिचान प्राप्त हुँदैन”, प्रा.डा. महेन्द्र लावती!

नेपाल आदिवासी जनजाति महासंघ, युकेको आयोजनामा ‘सघियता र मिडिया’ विषयक अन्तर्क्रिया कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख प्रस्तोता प्रा.डा. महेन्द्र लावतीले संघीयतामा पहिचान र नयाँ संविधानमा जनताको ठाउँ के हुने र मिडियाको भूमिका के हुने ? भन्नेबारे विचार राखेका थिए ।
“अरुलाई गाली गरेर मात्र पहिचान प्राप्त हुँदैन”, प्रा.डा. महेन्द्र लावतीगत कातिक १४ गते भएको कार्यक्रममा प्रा.डा. लावतीले पहिचानवादी दलहरू जुट्न सकेको भए २०६४ को भन्दा बढी सिट ल्याउन सक्ने सम्भावना भएको बताएका थिए । ‘पहिचानवादीहरुको कुल मत प्रतिशत बढेको छ । पहिचानवादी दलहरूसमक्ष आगामी दिनका चुनौती वा अवसर भनेको विभिन्न दलहरू एकीकृत हुन सक्छन् कि सक्दैनन् भन्ने हो ।’ प्रा.डा. लावतीले भने, ‘अरुलाई गाली गरेर मात्र हुँदैन, नेतृत्वले आफैमा सुधार ल्याउन जरुरत छ ।’ उनले पहिचानवादीहरू जुट्न सके समग्र राजनीति र समाजमा व्यापक प्रभाव पर्ने कुरा पनि बताएका थिए । प्रा.डा. लावतीले पहिचानवादीहरूको विस्तार क्रम जारी रहेको पनि बताएका थिए । २०४८ को चुनावमा मधेसी र आदिवासी दलहरूले ५ प्रतिशतभन्दा कम मत ल्याएका थिए । २०७० मा आइपुग्दा दलितहरूले पनि दल खोलिसकेका छन् र १६ प्रतिशतभन्दा बढी मत ल्याउन सफल भएका थिए ।

प्रा.डा. लावतीले भने, ‘जनताको पहिचानवादी दलहरूप्रति क्रमिक रूपमा आकर्षण बढिरहेको बेला कसैले पहिचानको सवाललाई नजरअन्दाज गर्न खोज्छ भने त्यसको नकारात्मक प्रतिफलको सिकार समाज बन्न सक्छ ।’ कार्यक्रममा मदन पुरस्कार विजेता राजन मुकारुङलाई सम्मान गरिएको थियो ।

कोई टिप्पणी नहीं: