गुरुवार, 5 नवंबर 2015

दसगजामा भारतीय सीमा सुरक्षा बलको क्याम्प !

१९ कात्तिक, काठमाडौं । पाल-भारत सीमामा पर्ने जोगबनीस्थित दसगजा क्षेत्रभित्र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अस्थायी क्याम्प खडा गरेको छ। दुई देशबीचको सम्झौता उल्लंघन गर्दै एसएसबीले बल मिच्याइँ गरेर क्याम्प खडा गरेको हो।एसएसबीले पाँच दिनअघि क्याम्प खडा गरेर कामकारबाही सञ्चालन गर्दै आएको छ। त्यसलाई फिर्ता पठाउन नेपाली पक्षले पनि पहल गर्न सकेको छैन।
ssb-Jhanda-4सीमाको दसगजा क्षेत्रलाई दुवै देशले प्रयोग गर्न मिल्दैन। त्यहाँ भौतिक संरचना निर्माण गर्न पनि पाइँदैन। दुई देशको सिमाना छुट्याउन गाडिएको पिलर छेउमै एसएसबीले क्याम्प खडा गरेको हो। दसगजाभित्र पर्ने विराटनगरबाट जोगबनी प्रवेशका लागि बनाइएको गेटदेखि भित्रपट्टि टेन्ट टाँगेर क्याम्प बनाइएको अन्नपूर्ण पोस्टमा खबर छ। एसएसबीको क्याम्प र नेपाली भूभागमा गाडिएको पिलरको दूरी दुई मिटरमात्रै छ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनका क्रममा त्यहीं दसगजा क्षेत्रमा प्रवेश गरेर प्रदर्शनकारीले नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने गरेका थिए। दसगजा क्षेत्रमा राखिएका फलफूललगायतका फुटपाथ पसलको आडमा मोर्चाका कार्यकर्ताले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेपछि भारतीय सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मीको समन्वयमा त्यस्ता पसल हटाइएको थियो। त्यही ठाउँ ओगटेर एसएसबीले क्याम्प खडा गरेको नेपाल प्रहरीले जनाएको छ।  

कोई टिप्पणी नहीं: