गुरुवार, 5 नवंबर 2015

कमिसन चक्करले घाइतेलाई निजीमा रिफर

१९ कात्तिक, काठमाडौं । रसुवाको राम्चेमा बस दुर्घटना भएको खबर आएपछि वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तयार हुन थाले ।
bus accident ramche, Rasuwaबिदामा रहेका डाक्टर नर्सलाई झिकाइयो । त्यही बेला कोही बेड खाली गराउनतिर लागे, कोही शल्यक्रियामा आवश्यक पर्ने औषधि र जनशक्ति जुटाउन थाले । अस्पतालका निर्देशक डा. बुलन्द थापा आफैं बस व्यवसायी समिति महासचिव रबि रिमालसँग कुरा गरेर घाइतेलाई ट्रमामा उपचार गराउने तयारी भइसकेको सुनाउँदै बाटोको जानकारी लिँदै थिए । तर, साँझ खबर आयो हेलिकप्टरमा ल्याइएकालगायत सबै घाइते त्रिवि शिक्षण अस्पताल पुर्‍याइयो । ती त्रिवि शिक्षण अस्पतालमा प्राथमिक उपचार गरेपछि भने उनीहरुलाई थप शय्या नभएको भन्दै भटाभट महाराजगन्जस्थित अर्को निजी अस्पताल गि्रनसिटी पुर्‍याइयो । ट्रमाले गरेको सम्पूर्ण तयारी खेर गएको नागरिकमा खबर छ ।
ग्रिनसिटीका अधिकांश चिकित्सक र नर्स त्रिवि शिक्षण अस्पतालमै कार्यरत छन् । लगानीकर्तामध्ये अधिकांश शिक्षण अस्पतालकै चिकित्सक हुन् । हेलिकप्टरमा ल्याइएका गम्भीर घाइते अधिकांशको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । शल्यक्रिया गर्नु नपरे पनि सिटी स्क्यान, एमआरआईजस्ता महँगो परीक्षण गर्नुपर्ने र बेड शुल्क पनि महँगो हुनाले निजी अस्पतालले लाखौ कमाउँछन् । योबापत रेफर गर्ने चिकित्सकदेखि एम्बुलेन्स चालकसमेतले मोटो रकम कमिसन पाउने स्रोतले बतायो । 

कोई टिप्पणी नहीं: