मंगलवार, 3 नवंबर 2015

बाबुरामका समर्थक एमाओवादीबाट अलग !

१७ कात्तिक, काठमाडौं । बाबुराम भट्टराईलाई समर्थन गर्ने नेताहरूले एमाओवादीबाट आफूहरू अलग भएको घोषणा गरेका छन। भट्टराई निवास सानेपामा सोमबार दिनभरको बैठकपछि उनीहरूले त्यस्तो घोषणा गरेका हुन्।उनीहरूले मंगलबार एमाओवादी केन्द्रीय कार्यालयमा आफूहरू सो पार्टीबाट अलग भएको घोषणासहितको सामूहिक पत्र बुझाउने निधो गरेका छन्।
Baburam-Bhattraiनयाँ शक्ति अभियानका नामबाट संगठन विस्तार गरेर दुई महिनापछि मात्रै नयाँ पार्टी घोषणा गर्ने तयारी गर्न लागिएको नेता कुमार पौडेलले बताए। ५० जनाभन्दा बढीले एमाओवादीबाट अलग भएको घोषणा गर्ने जानकारी पनि पौडेलले दिए। भट्टराईलाई समर्थन गर्ने एमाओवादीका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य र सल्लाहकारहरू सहभागी रहेको बैठकले पुरानो पार्टीबाट सम्बन्धविच्छेद गरी नयाँ शक्ति अभियान मुलुकभर सञ्चालन गर्ने निर्णय गरेको नेता पौडेलले बताए। उनका अनुसार दुई महिनाभित्रै नयाँ पार्टी गठन हुने अन्नपूर्ण पोस्टमा खबर छ। ‘एकडेढ महिना हामी गाउँ, टोल, स्कुल, कलेज र कारखानासम्म नयाँ शक्ति अभियान पुर्‍याउँछौं’, पौडेलले भने, ‘मार्क्सवादलाई समृद्ध पार्ने गरी अगाडि बढ्छौं।’

 पौडेलका अनुसार पुष्पकमल दाहाल नेतृत्वको एमाओवादीले माक्र्सवाद, लेनिनवाद र माओवाद परित्याग गरी मण्डलेहरूसँग घाँटी जोडेर पहिचान, संघीयता र उत्पीडितका मुद्दा छोडेका कारण सो पार्टीबाट अलग भई नयाँ शक्ति अभियान सञ्चालन गर्ने निष्कर्षमा पुगिएको हो। पौडेलले भने, ‘फरक मतसहित हामीले पुरानो पार्टीसँग सम्बन्धविच्छेद गरेका छौं। अब हामी पुरानो पार्टीको अनुशासन मान्न बाध्य छैनौं।’ 

कोई टिप्पणी नहीं: