सोमवार, 2 नवंबर 2015

नाका परिवर्तन गरिएका कन्टेनर भारतले रोक्यो !

१६ कात्तिक, झापा । नेपाल आउन नाका परिवर्तन गरेर पूर्व पुगेका मालवाहक कन्टेनरलाई पनि भारतीय सीमा सुरक्षा बलले रोकेको छ। मधेस केन्द्रित दलको आन्दोलनका कारण अन्य नाकाबाट आउन नसकेका कन्टेनर बाटो परिवर्तन गरेर काँकडभिट्टा हुँदै ल्याउन लागिएको थियो। 
Kakarbhittaमेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत भीम अधिकारीका अनुसार बाटो तथा नाका परिवर्तन गरेर आएका मालवाहक कन्टेनरलाई समेत भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतपट्टि नै रोकेर राखेको अन्नपूर्ण पोस्टमा खबर छ ।
अधिकारीले करिब पाँच किलोमिटर लाममा रहेका मालवाहक सवारीसाधनको पछाडिपट्टि अन्यत्र नाकाबाट बाटो परिवर्तन गरेर ल्याइएका सामान बोकेका सवारीसाधन रहेको बताए । उनले भने, ‘विराटनगर तथा वीरगन्ज भन्सार जान नसकेका सवारीसाधन यहाँको सीमावर्ती भारतीय बजार पानीट्यांकीमा आएर थन्किएका छन् । एसएसबीले ती सवारीसाधन नेपाल आउन दिएको छैन।’

सामान्य अवस्थामा आउन लागेको पूर्वीनाकामा दसैंपछि एसएसबीले सामान जाँचमा कडाइ गरेको प्रमुख भन्सार अधिकृत अधिकारीले बताए। एसएसबीले रोकेर राखेका मालवाहक कन्टेनरमा तेस्रो देशबाट आयात गरिएका सामानसमेत रहेको जानकारी उनले दिए।
उनले भने, ‘दसैंअघिसम्म सामान्य अवस्थामा आइसकेको यो नाकामा अचानक भारतीय पक्षबाट कडाइ गर्न थालियो। तेस्रो देशबाट आयात गरिएका सयौं कन्टेनरसमेत भारतले रोकिदियो।’

कोई टिप्पणी नहीं: