सोमवार, 25 अगस्त 2014

हाम्रो विवाद अरुपार्टीमा जस्तो पदको होइन: वैद्य

पाल्पा, भदौ ९ – नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पार्टी भित्र भएको बिचारको बहसले नया क्रान्ति जन्माउने बताउनुभएको छ । माओवादी भित्रको बिवाद अरुपार्टीको जस्तो पदको नभएकाले यो विवादले नयाँ दिशाको बाटो तय हुने उहाँको भनाई छ । क्रान्तिकारी पत्रकार महासंघ पाल्पाले सोमबार तानसेनमा गरेको पत्रकार भेटघाटमा बोल्दै वैद्यले बहसले पार्टीलाई थप क्रान्तिकारी बनाउने र जनअपेक्षा अनुसार अघि बढ्न प्रेरित गर्ने बताउनुभयो ।
नेकपा माओवादीलाई बाहिर राखेर निर्माण हुन लागेको संविधान निर्माणले जनभावना समेट्न नसक्ने भन्दै उहाँले अहिलेकै अवस्थामा माघ ८ भित्र संविधान जारी हुन पनि नसक्ने ठोकुवा गर्नुभयो । ‘यथास्थितवादी र पश्चगामी शक्तिहरुको बर्चश्वमा आउन लागेको संविधान स्वीकार्य छैन’ उहाँले भन्नुभयो ‘सर्वपक्षिय राजनीतिक सभाले संविधानको टुंगो लगाउनुपर्छ ।’
एकीकृत माओवादीसंग कार्यगत एकता गर्ने सहमति भएपनि उसले सहमतिलाई ब्यवहारमा लागु नगरेकाले वैद्यको आरोप छ । संयुक्त बिज्ञप्ती निकाल्ने, एउटै सभामा कार्यक्रम गर्ने लगायतका कुराहरुमा सहमति भएपनि त्यस अनुसार काम नभएको उहाँको भनाई छ । प्रचण्ड र बाबुरामले झुकाएको क्रान्तिको झण्डालाई आफुहरुले उठाएकाले यो मुद्दामा आम नेपालीहरुको साथ आफ्नो पार्टीलाई भएको वैद्यको भनाई छ ।

कोई टिप्पणी नहीं: