एनपी न्युज डटनेट, काठमाडौं, भदौ १२ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छापा मारेको छ । अख्तियारको टोलीले बिहीबार प्रशासनमा छापा मारेर कार्यालयका नायव सुब्बा छविराम काफ्लेलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । मुद्दा फाँटमा कार्यरत नासु काफ्लेले हातहतियार खरखजनामा मुद्दा खेपिरहेका सविन ठकुराठीबाट लिएको घुस कार्यकक्षकै दराजमा बरामद गरेको अख्तियारले जनाएको छ । ठकुराठीको मुद्दा जिल्ला प्रशासनमा विचाराधीन अवस्थामा रहेको छ ।अख्तियारले घुससहित पक्राउ गरे नायव सुब्बा पनि काफ्लेले आफूलाई षड्यन्त्रपूर्वक फसाइएको दाबी गरे।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें