बुधवार, 27 अगस्त 2014

तीजको दर खान आएकी चेलीसहित २ जनाको पहिरोमा पुरिएर मृत्यु !

दुर्गाप्रसाद शर्मा/उज्यालो  । पर्वत, भदौ ११ -  लगातारको वर्षाका कारण माथिवाट खसेको पहिरोले घर पुँरिदा बेपत्ता भएका मध्ये दुई जनाको शव फेला परेको छ  ।
तीजको दर खान आएकी चेलीसहित २ जनाको पहिरोमा पुरिएर मृत्युपहिरोमा पुरिएकी एक महिलाको जीबितै उद्धार गरिएको छ भने एक जना बालिका अझै बेपत्ता छिन। कुश्मा नगरपालिका १८ पकुवाका हरिलाल चापागाईको घर पहिरोले पुर्दा तीजको दर खान माइत आएकी २८ बर्षिया जमुना पौडेल र जमुनाकी ७ बर्षिया छोरी जेनिकाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । जमुनाको माइती र घरको दुरी जम्मा ५ सय मिटर छ। पहिरोमा पुरिएकी जमुनाकी ४ बर्षिया छोरी जस्मिनको खोजी कार्य जारी छ । पहिरोमा पुरिएकी  हरिलालकी ५८ बर्षिया श्रीमती पुतली चापागाईको भने जीबितै उद्धार भएको छ । पहिरो गएको स्थलमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीको नेतृत्वमा नेपाली सेना, शसस्त्र प्रहरी र जनपद प्रहरी राहत र उद्धारमा सक्रिय छ । अहिले उद्धारको काम भैरहेको र रेडक्रसमार्फत केही राहतका सामाग्री पुगेको प्रजिअ ज्ञवालीले बताउनुभयो । घरधनी हरिलाल भने दुध बेच्न गएकाले पहिरोबाट बच्नु भएको छ ।‘म कुलोबाट पानी तर्काउँदै थिए, हेर्दाहेर्दै माथिबाट पहिरो आएर पहिले गोठ बगायो, एकै छिनमा घर पनि पु¥यो’ उहाँले भन्नुभयो ‘मेरै आँखा अगाडी श्रीमती, छोरी र दुई नातीलाई पहिरोले पुरेको हेर्नुपर्‍यो ।’ पकुवाबाट राम्जादेउराली जोड्न निर्माण भएको पकुवा–राम्जा सडकबाट पहिरो खसेको थियो । केही बर्ष पहिले पनि सोही ठाउँबाट पहिरो गएकाले थियो ।

कोई टिप्पणी नहीं: