बुधवार, 3 फ़रवरी 2016

आधा खर्बको चाइना टाउन २ वर्षभित्र निर्माण गरिसक्ने चिनियाँ प्रस्ताव

China-Flag२० माघ, काठमाडौं । चीन सरकारले काठमाडौंमा झन्डै ५० अर्ब रुपैया ( ३ बिलियन युआन) लगानी ‘चाइना टाउन’ निर्माणका लागि अनुमति मागेको छ । सेनजेनको क्षेत्रीय आर्थिक कोअपरेसन एसोसिएसन (एरेक) ले काठमाडौंलाई औद्योगिक सहर बनाउन दुई बर्षभित्र निर्माण सक्ने गरी परियोजना प्रस्ताव गरेको आजको नागरिक दैनिकमा समाचार छ ।
सय हेक्टर क्षेत्रफलमा निर्माण गरिने परियोजना प्रस्ताव एरेकले साताअघि नै काठमाडौं महानगरपालिकामा बुझाएको हो । करिब ४९८ अर्ब ९५ करोड नेपाली रुपैया खर्च हुने भनिएको परियोजनाको लगानी अवधि ६ महिना मात्र छ ।

कोई टिप्पणी नहीं: