गुरुवार, 4 फ़रवरी 2016

ट्रक दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

२१ माघ, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–९ थाक्लेमा  ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । मृत्यु हुनेमा मेलम्ची नगरपालिका–९ थाक्लेकी ७० वर्षीया सुकुमाया तामाङको उपचारका क्रममा जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।
accidentबाहुनेपाटी बजारबाट बुधबार ढुटो, जस्तापातालगायतका सामग्री बोकेर थाक्लेतर्फ गएको बा३ख ५१७१ नंको मिनीट्रक बढी भारका कारण दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक निरज डाँगीले बताए । उनका अनुसार घाइतेहरूको मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । ट्रक चालक दुर्घटनापछि फरार रहेका छन् । उनको खोजी भइरहेको छ । रासस 

कोई टिप्पणी नहीं: