१९ माघ, काठमाडौं । नाकाबन्दीपछि खस्किएको खाना पकाउने एलपी ग्यासको आयात विस्तारै बढ्दै गएको छ । पछिल्लो केही दिन यता भारतीय आयल कर्पोरेशन (आइओसी) ले मागको ५० प्रतिशत ग्यास दिन थालेको ग्यास उद्योगीले जानकारी दिए । नाकाबन्दीको १ सय दिनसम्म दैनिक औसत मागको ११ प्रतिशत मात्रै ग्यास भित्रिएको थियो । पुस महिनामा मागको झण्डै ३१ प्रतिशत ग्यास आयो । पछिल्लो एक सातामा भारतबाट मागको कुल मागको ५० प्रतिशतसम्म ग्यास आयात हुन थालेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिबप्रसाद घिमिरेले अनलाइनखबरलार्इ जानकारी दिए ।
‘पछिल्ला केही दिनमा आइओसीको ग्यासको लोडिङ बढाएको छ । अब विस्तारै सान्य उन्मुख हुन्छ भन्ने हाम्रो अपेक्षा हो’ घिमिरेले भने । उनका अनुसार अहिले भारतबाट झण्डै ४० बुलेट ग्यास भित्रिन थालेको छ । बरौनी रिफाइनरीले दैनिक २० देखि २२ वटासम्म बुलेटमा ग्यास लोड हुन्छ भने हल्दिया र मुथरा रिफाइनरीले पनि दैनिक १०/१० बुलेट भन्दा बढी बुलेटमा लोड दिएको संघले जनाएको छ । ‘अहिले सबै उद्योगमा थारै/धेरै ग्यास बुलेट आएका छन् । सबैले उपभोक्ताको ग्यास पुर्याउन सक्ने अवस्था छ’ घिमिरेले भने-‘अब सबै ग्यास उद्योगमा ग्यास नभएको भन्ने अवस्था छैन ।’ नेपालमा समान्य अवस्थामा झण्डै मासिक ३० हजार मेटि्रक टन ग्यासको माग छ । तर, अहिले माग धेरै छ ।
देशभर अझै पनि झण्डै ५६ लाख सिलिन्डर खाली रहेको संघको तथ्याङ्कमा उल्लेख छ । यसलाई पूर्ति गर्न झण्डै ८० हजार मेटि्रक टन ग्यास आवश्यक पर्ने अनुमान छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें