गुरुवार, 4 फ़रवरी 2016

भ्यालेन्सियाविरुद्ध बार्सिलोनाको गोल वर्षा, स्वरेज र मेस्सीले गरे ७ गोल

२१ माघ, काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे कप फुटबलको फाइनल नजिक पुगेको छ । बुधबार राति भएको सेमिफाइलनको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध गोलको वर्षा नै गरेको छ ।पहिलो हाफको अन्तिममा १० खेलाडीमा सिमित भ्यालेन्सियालाई बार्सिलोनाले ७-० ले हराएको छ ।
barcaघरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा लुइस स्वरेजले एक्लैले चार गोल गरे । लिओनल मेस्सीले हृयाटि्रक पुरा गर्दा नेयमारले  भने पेनाल्टी मिस गरेका थिए । पहिलो हाफको अन्तिममा मेस्सीलाई फल गरेपछि भ्यालेन्सियाका डिफेण्डर मुसाफीले रातो कार्ड पाए । ग्यारी नेभिलले डिसेम्बरमा क्लबको प्रशिक्षक भएपछि लिगमा ८ खेल खेल्यो, तर, भ्यालेन्सिया जितविहीन छ ।
बार्सिलोनाले सुरुवाति १२ मिनेटमा दुई गोल गरिसकेको थियो र दुबै गोल स्वरेजले गरे । सातौं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका उनले पाँच मिनेटपछि नै अग्रता दोब्बर पारे । २९ औं मिनेटमा मेस्सीले खाता खोले । पहिलो हाफको अन्तिममा मुसाफीले रातो कार्ड र बार्सिलोनाले पेनाल्टी पायो । तर, नेयमारको प्रहार बारमा लाग्यो । बाँकी ४ गोल भने दोस्रो हाफमा भएको थियो । ५८ औं मिनेटमा दोस्रो गोल गरेका मेस्सीले ७४ औं मिनेटमा हृयाटि्रक पुरा गरे । ८३ औं मिनेटमा स्वरेजले पनि हृयाटि्रक गरे । पाँच मिनेटपछि नै स्वरेजले चौथो गोल गरेपछि बार्सिलोना ७-० ले विजयी भएको छ । 

कोई टिप्पणी नहीं: