२० माघ, काठमाडौं । सरकारले १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि निकासा गरेको मध्ये तीन करोड रुपैयाँ राष्ट्रिय खेलकुद परिषद् (राखेप) कै एक कर्मचारीको व्यक्तिगत खातामा जम्मा भएको छ ।
राखेपअन्तर्गत कर्मचारी प्रशासन विभागका प्रमुख इन्द्रबहादुर कार्कीको खातामा उक्त रकम जम्मा भएको हो । उनी १२ औं सागका लागि गठित यातायात तथा बसोबास उपसमितिका सचिवसमेत हुन् । सरकारले सागमा सहभागी हुने खेलाडीको भत्ता, यातायात र बसोबासका लागि उपलव्ध गराइएको रकम उनको खातामा जम्मा गरिएको हो । यति धेरै सरकार रकम कर्मचारीको व्यक्तिगत खातामा जम्मा गरिनु गलत भएको राखेपकै एक अधिकारीले बताएको आजको अन्नपूर्ण पोस्टमा समाचार छ । यो राखेपकै आर्थिक नियमावलीविपरीत छ । राखेपले चेकमार्फत यो रकम उपलब्ध गराएको हो । राखेपले कार्कीको एकल नाममा उक्त रकमको चेक बनाइदिएको हो ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें