रिडी,माघ१८। रुरु गाबिस अब नगरपालिका बन्ने भएको छ्। रुरु गाबिस लाई नगरपालिका बनाउने बिषय लाई लिएर हिजो रिडीको रुरु गाबिस भवनमा भएको थानपती, ग्वादी र रुरु गरी तीन वटा गाबिसका सर्बपक्षिय प्रतिनिधीहरुको भेलाले नगरपालिका बनाउनका लागि समझदारी गरेको छ्। बैठकमा थानपती र ग्वादी गाबिस रुरुको प्रस्तावित नगरपालिकामा गाभिन सहमती हुनुका साथै अब बन्ने नगरपालिकाको नाम "रुरुक्षेत्र नगरपालिका" राख्नका लागि पनि सहमत भएका छन। त्यस्तै बैठकले नगरपालिकाको कार्यलय रुरुको राटामाटा ४ मा राख्ने समेत निर्णय गरेको छ्। त्यसैगरी ग्वादी तथा थानपतीले अा आफ्ना गाबिसमा आज आमभेला मार्फर्त सहमत गरी रुरु गाबिस लाई लिखित रुपमा सहमती पत्र समेत हस्तान्तरण गरेका छन। जिल्ला बिकास समिती गुल्मीले नगरपालिका बनाउनका लागि प्रकृया सुरु गर्न पत्र मार्फत निर्देश गरे पछी रुरु गाबिसमा यो प्रकृया आरम्भ भएको हो।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें