रविवार, 31 जनवरी 2016

बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई हरायो

१७ माघ, काठमाडौं । एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै बार्सिलोनाले स्पेनिस लि लिगामा उपाधि दावेदार एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ । जितसँगै लिग लिडर बार्सिलोनाले ३ अंकको प्रष्ट अग्रता लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ९ खेलाडीमा सिमित एथ्लेटिको मड्रिडलाई २-१ ले पराजित गरेको हो । बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा अग्रता भने एथ्लेटिको मड्रिडले लिएको थियो । १० औं मिनेटमा कोकेले गोल गर्दै टोलीलाई अगट्रता दिलाए ।
messi and suarezतर, ३० औं मिनेटमा लिओनल मेस्सीले बराबरी गोल फर्काए । ३८ औं मिनेटमा लुइस स्वरेजले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए । पहिलो हाफको अन्तिमतिर एथ्लेटिको मड्रिड १० खेलाडीमा सिमित भयो । उसका फिलिपले लुइस रातो कार्ड पाए ।दोस्रो हाफको ६५ औं मिनेडमा गोडिनले रातो कार्ड पाएपछि एथ्लेटिको मड्रिड ९ खेलाडीमा सिमित भयो ।

बार्सिलोनासँगको खेलमा एथ्लेटिको मडि्रडका खेलाडीहरुमा अनुशासनको अभाव देखियो, जसको मूल्य उनीहरुले चुकाए । लुइस र गोडिन दुबैले अनावश्यक च्यालेन्ज गर्ने क्रममा रातो कार्ड पाएका थिए ।
लुइसले मेस्सीमाथि निकै खराव फल गरेका थिए । बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेलाई मेस्सी घाइते हुने त होइन भन्ने चिन्ता देखिएको थियो । तर, मेस्सी चोटबाट बचेका छन् । गोडिनले भने स्वरेजलाई फल गरे । दोस्रो पहेालो कार्डका कारण गोडिनले रातो कार्ड पाए ।
उपाधि बार्सिलोनाको पोल्टामा ?
तीन अंकको प्रष्ट अग्रता लिएको बार्सिलोनाको हातमा अझै एक खेल छ । लुइस इनरिकेको टीमले विन्टर ब्रेकपछिका छ लिग खेल मध्ये ५ मा जित हात पारेको छ । लिगामा बााकी खेल मध्ये एक चिरप्रतिद्वन्द्वी रियल मड्रिडसँगको खेल पनि छ, जुन अप्रिलमा हुनेछ । तर, रियल मडि्रड अहिले नै सात अंकले पछि परिसकेको छ ।
लिगमा १६ खेल बाँकी रहेकाले उपाधि कसले जित्छ भन्न गाह्रो छ । तर, यो जितले बार्सिलोनाले उपाधिको दाबेदारीलार्इ निकै बलियो बनाएको छ । डिफेण्डिङ च्याम्पियन बार्सिलोना २१ खेलबाट ५४ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड २२ खेलबाट ४८ अंक छ भने रियल मड्रिड २१ खेलबाट ३८ अंकसहित तेस्रो स्थानमा छ । 

कोई टिप्पणी नहीं: