बुधवार, 22 मई 2013

माओवादी र यादवको मोर्चालाई उच्चस्तरीय संयन्त्रमा समेट्ने निर्णय

‘संविधानसभाको संख्या ४ सय ४१ बाट बढाउन नसकिने’
काठमाडौं, जेष्ठ ८ । नेपाली कांग्रेस र नेकपा एमालेबीच आन्दोलनरत दल मध्येका नेकपा–माओवादी र उपेन्द्र यादव नेतृत्वको मोर्चालाई उच्चस्तरीय राजनीतिक संयन्त्रमा ल्याउने सहमति भएको छ । आज एमाले मुख्यालय बल्खुमा बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले मंसिरमा चुनाव गर्नुको विकल्प नभएकोमा जोड दिँदै ती दुई पक्षलाई संयन्त्रमा समेट्ने निर्णय गरेको हो ।
–माओवादी र यादवको मोर्चालाई उच्चस्तरीय संयन्त्रमा समेट्ने निर्णयदुबै दलका नेताहरुले बाधा अड्काउ फुकाउ आदेशमा असर नपर्ने गरी –माओवादी र यादव नेतृत्वको मोर्चालाई संयन्त्रमा ल्याउन प्रयास गर्ने वताएका छन् ।
त्यस्तै कांग्रेस–एमालेले संविधानसभामा प्रतिनिधित्व गर्न एक प्रतिशत मत ल्याउनुपर्ने ब्यवस्था, फौजदारी अभियोग लागेकालाई उम्मेद्वार बन्न नदिने र संविधानसभाको संख्या ४ सय ९१ बाट नबढाउने गरी निर्वाचन सम्बन्धी कानून ल्याउनुपर्नेमा पनि जोड दिएका छन् ।
दुबै दलका नेताहरुले आज साँझ मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर निर्वाचन कानून र उच्चस्तरीय राजनीतिक संयन्त्रमा माओवादी र यादव नेतृत्वको मोर्चालाई समेट्न गरिने प्रयासबारे जानकारी गराउने जनाएका छन् ।

कोई टिप्पणी नहीं: