भक्तपुर, कार्तिक ४ - जहाज दुर्घटनामा निधन भएका क्याप्टेन दिवाकार कार्की परिवारमा एक्लो छोरा हुन् । उनको मृत्युपछि परिवार सदस्यको आँसु अझै थामिएको छैन । उनको घरमा ६७ वर्षीय बुबा शमशेरबहादुर र ५७ वर्षीया आमा पार्सलकुमारी मात्रै छन् ।
घटनापछि बिहे गरिसकेका दुई दिदी-बहिनी पनि घरमा आइपुगेका छन् । नेपालगन्जबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको सेनाको जहाज बागलुङमा दुर्घटना हुँदा उनीसहित ६ जनाको मृत्यु भएको थियो । बिहान ६ बजे घरबाट निस्कने बेलामा दिवाकरले बुवालाई समेत भेट्न पाएनन् ।
छोराको आग्रहलाई मान्दै बुवा शमशेर दैनिक 'मर्निङ वाक' मा गएका थिए । 'काममा जाने बेलामा छोरासँग भेट हुन पनि पाइनँ,' उनले भने, 'आमालाई म गएँ, बेलुका चाँडै आउँछु भन्दै गएछ ।' छोराको मृत्युले शोकमा डुबेकी आमा छोराले काममा जाने बेलामा 'चाँडै आउँछु' भन्ने बाक्य सम्झँदै रुन्छिन् । परिवारका सदस्य दिवाकरको मृत शरीर हेर्न बिहीबार छाउनी पुगेका थिए ।
छोराले चलाएको जहाज दुर्घटना भएको दिन बुबा शमशेर दिनभर घरमै थिए । छोरा कुन बेला घर आउने भन्दै ६ बजे फोन सम्पर्क पनि गरे । 'घर आउँदा कति बज्छ भनेर सधैं पाँच बजे फोन गर्थें, त्यो दिन पनि ६ बजे गरेँ,' उनले भने, 'तर मोबाइल अफ रहेछ ।'
जहाजमा भएको बेला सधैंजसो 'अफ' गर्ने गरेको उनले बताए । उपत्यका बाहिर जाँदाबाहेक राति भए पनि सधैंजसो आमाले पकाएको खाना खान घरै आउँथे । छोराको पर्खाइमा रहेका आमाबुवाले खाना खाएर टेलिभिजन हेर्दै गर्दा सेनाको जहाज दुर्घटना भन्ने समाचार हेरे । केही समयपछि दिवाकरले चलाएको जहाज दुर्घटना भनेपछि बुवाआमा नै मूच्छिर्त भए । 'ढोकामा कुन बेला हर्न बजाउला भन्ने प्रतीक्षामा थिएँ,' उनले भने, 'छोराको मृत्युको खबर पो सुन्नुपर्यो ।'
सात वर्षअघि 'सेकेन्ड लप्टन' पदबाट जागिर प्रवेश गरेका दिवाकर गत वर्ष मंसिरमा मेजरमा बढुवा भएका थिए । अविवाहित २७ वर्षीय उनको आफ्नो ओहोदा सुहाउँदो घर बनाउने इच्छा पनि अधुरै रह्यो । घर बनाएपछि मात्रै बिहे गर्ने उनले सोच बनाएको बुवा शमशेरले बताए । 'हामीले बिहे चाँडै गर्नुपर्छभन्दा गरौंला नि, जागिर खाइरहेको छु, भन्थे,' उनले छोराको भनाइ सम्झँदै भने, 'आमाले मंसिरमा बिहे गर्नुपर्छ भन्दा ऊ चाहिँ वैशाखमा गर्छु भन्थ्यो ।'
राजधानीको विश्व निकेतनबाट १२ कक्षा उत्तीर्ण गरेका उनी सेनामा प्रवेश गरेपछि पाइलटको तालिमका लागि एक वर्ष पाकिस्तान गएका थिए । गत वर्षमात्रै स्नातक सकाएका थिए । दोलखाको घयाङ सुकाठोकर-९ घर भएका उनको परिवार २०६४ देखि भक्तपुरको लोकन्थलीमा घर किनेर बस्दै आएको हो । उनका बुवा शमशेर पनि सेनाका अवकाशप्राप्त क्याप्टेन हुन् । उनको अवकाशसँगै छोराले जागिर सुरु गरेका हुन् ।
उनको मृत्युपछि गाउँबाट दाजुभाइ पनि काठमाडौं आइपुगेका छन् । शोकमा डुबेकी आमा छोराको कोठामा बसेर फोटो हेर्दै रुने गरेकी छन् । दिवाकर सुत्ने कोठामा सेनामा प्रवेशपछि पाएको तक्मा र प्रमाणपत्र राखिएको छ । उनी चढ्ने बा२६प ४२०२ नम्बरको मोटरसाइकल मूल ढोका छेउमै राखिएको छ । वैशाखमा किनेको कार काममा जाँदा चढेर कार्यालय छाडेका छन् । नेपालगन्जबाट उड्नुअघि उनका साथी सुवासकुमार कार्कीलाई फोन सम्पर्कमा भेटघाटको चाँजोपाँचो मिलाउन भनेका थिए । साथीसँग भेटेर रमाइलो गर्ने योजना अधुरै रहेको सुवासले बताए ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें