भक्तपुर, कात्तिक १- प्रवेशिका परीक्षा (एसएलसी)को उत्तरपुस्तिका हेर्न चाहने विद्यार्थीले अबदेखि आफ्नो उत्तरपुस्तिका हेर्न पाउने भएका छन्। राष्ट्रिय सूचना आयोगले उत्तरपुस्तिका हेर्न चाहने विद्यार्थीका लागि सो उपलब्ध गराउन परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएपछि कार्यालयले यस्तो व्यवस्था गर्न लागेको हो।
यसका लागि कार्यालयले आवश्यक नीति नियम, प्रक्रिया पूरा गरी कार्यविधिसमेत तयार गरेर शिक्षा मन्त्रालयमा बुझाएको परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले बताए।
यसको बोधार्थ निर्देशन दिने आयोगलाई समेत बुझाएको बताउँदै उनले मन्त्रालयले कार्यविधि पास गरेलगत्तै विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउने जानकारी दिए।
विसं २०६७ को एसएलसी परीक्षामा उत्तरपुस्तिका हेर्न चाहने एक विद्यार्थीले हेर्न नपाएपछि उत्तरपुस्तिका हेर्न पाउने अधिकार प्राप्त गर्न आयोगसमक्ष निवेदन दिएका थिए। कार्यालयले तयार पारेको कार्यविधिमा भने विद्यार्थीले सिधै उत्तरपुस्तिका हेर्न भने पाउने छैनन्।
उत्तरपस्तिका हेर्न चाहने विद्यार्थीले त्यसका लागि परीक्षाफल प्रकाशित भएको १५ दिनभित्र पहिला पुनर्योगका लागि आवेदन दिनुपर्ने र त्यसबाट पनि चित्त नबुझेमात्र अन्तिम विकल्पको रुपमा उत्तरपुस्तिका हेर्नका लागि निवेदन दिने व्यवस्था गरिएको छ।
उत्तरपुस्तिका हेर्नका लागि कार्यालयले प्रति विषय रु. एकहजार शुल्क लाग्ने व्यवस्थासहितको प्रस्ताव मन्त्रालयमा पेस गरेको छ ।
मन्त्रालयले यस वर्ष प्रस्ताव पास गरेर कार्यविधि लागू गरेपछि २०६८ सालको परीक्षामा सहभागी हुने विद्यार्थीले आवश्यक प्रक्रिया पूरा गरी उत्तरपुस्तिका हेर्न पाउने परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक दिल्लीप्रसाद रेग्मीले बताए। रासस

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें