बुधवार, 17 अगस्त 2011

अविरल बर्षाले कैलालीमा एकको मृत्यु, दक्षिण पूर्वी क्षेत्र डुवानमा


flood
धनगढी, श्रावण ३२ - चार दिन देखि परेको अविरल बर्षाले आएको बाढीमा बुधवार थप एक जनाको डुवेर मृत्यु भएको छ । जिल्लाको दक्षिण-पर्वी भेग डुवानमा परेको छ । आइतवार देखि परेको अविरल बर्षाको कारण कैलालीमा मृत्यु हुनेको संख्या चौधरी सहित चार पुगेको छ । 
इलाका  प्रहरी कार्यलय  अनुसार भजनी-३ ठेकरगाउकी टिकारानी चौधरीको  स्थानीय नदीमा डुवेर मृत्यु भएको छ । माछा मार्दै गएको अवस्थामा डुवेर मृत्यु भएको  छ । अविरल बर्षाले लालबोझी गाविसका  हिक्मतपुर लगायतका केही गाउ स्थानिय नदीले कटान र डुवानमा परेका छन ।  त्यस्तै भजनीको वडा नम्वर ५,७ ,८ र ९मा पर्ने पिरीनिया,तिकुने, कुसमघाट, बर्दवाफाट, नयाँ बस्ती र धुर्सिगाउ  कटान र डुवानमा परेको छ ।   यहाका झण्डै एक सय परिवार   बिस्थापित भईसकेका छन  । बर्षा निरन्तर परेमा कैलालीका दक्षिण पुर्वका  १०/१२ गाविसमा डुवानमा पर्ने भजनीका सिद्धराज जोशीले टेलिफोनमा बताए ।   उक्त क्षेत्रमा कान्द्रा र पथिरिया नदी लाग्ने गरेको छ । मसुरिया र पहलमानपुर क्षेत्र पनि डुवानमा पर्न थालेको  छ ।
त्यसैगरी धनगढीको नगर क्षेत्र पनि जलमग्न भएको छ । नगरमा  पानी भरिदा आउजाउमा समस्या पैदा भएको छ । धनगढी नगरपालिकाको  बसपार्क , हसनपुर ऐश्वर्य उच्वमावी क्षेत्र , क्याम्पसररोढ , बिशालनगर र  शिवनगरमा  पानी भरिदा जनजिवन प्रभावित भएको छ । धनगढीमा घर भन्दा बाहिर निस्कन नसक्ने भएपछि  बालबालिकालाई स्कुल पठाउन  समेत सकेका छैन्न ।

कोई टिप्पणी नहीं: