शनिवार, 13 अगस्त 2011

कोरियामा एक नेपालीको शव अलपत्र


काठमाडौं , श्रावण २८ - रोजगारीका क्रममा नौ वर्षअघि दक्षिण कोरिया पुगेका गोरखा, थालाजुङ-१ का लोकबहादुर गुरुङको दुर्घटनामा परी अघिल्लो शुक्रबार मृत्यु भएको छ । गैरकानुनी हैसियतमा बसिरहेका उनी खाउन्दो क्षेत्रमा एक बंगुर र्फममा काम गरिरहेका थिए । सियोलबाट रमेश भट्टराईले दिएको जानकारीअनुसार बंगुर र्फममा रहेको मेसिनमा अडकिएको घाँस निकाल्न खोज्दा हात काटिएर गुरुङको अत्यधिक रक्तस्राव भएको थियो । खाउन्दो क्षेत्रकै छिलवन अस्पतालमा राखिएको उनको शव जिम्मा लिने कोही नभएर अलपत्र छ । 

कोई टिप्पणी नहीं: