सोमवार, 23 मई 2011

प्रवास नेपाली संघले राजा सहितको हिन्दु राष्ट्रको माग गर्दै जुलुस प्रदर्शन



भारतको राजधानी नयाँ दिल्लीको जन्तरमन्तरमा राष्ट्रवादी संघको भातृ संगठन प्रवास नेपाली संघले राजा सहितको हिन्दु राष्ट्रको माग गर्दै जुलुस प्रदर्शन गरेको छ।

राष्ट्रवादीका अध्यक्ष नवराज ढकाल संयोजक रहेको उक्त कार्यक्रममा राजावादीहरुको ठूलो उपस्थिती रहेको थियो । दिउँसो चार बजे १ सय पचास करिब राजावादी समर्थकहरु हातमा नेपालको झण्डा बोक्दै "हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ" राजा आउ देश बचाऊ नेपाल हिन्दु राष्ट्र कायम गर जस्ता नारा लेखिएका प्लेकार्ड सहित नारा भट्टयाउदै परिव्रुमा गर्ने व्रुममा प्रहरीले उनलाई अगाडी बढनबाट रोकेको थियो ।

केही बेर नारा जुलुस पश्चात कार्यव्रुम समाप्तीको घोषणा गर्दै संयोजक नवराज ढकालले नेपालमा राजासहितको हिन्दुराष्ट्र फिर्ता न आएमा देश निकै ठूलो संकटमा पर्ने भन्दै दलहरुद्वारा नेपालको अस्तित्वनै खतरामा पार्ने कुरा गरिएको छ ।

संघीयताको बिउ रोपेर राष्ट्र विखण्डन गर्ने षडयन्त्र गरिएको पनि उनले दलहरुमाथि आरोप लगाएका थिए । पत्रकारहरुलाई उपलब्ध गराईएको प्रेस विज्ञप्तीमा भनिएको छ 'आज नेपाल भरी भारत विरोधी वातावरण तयार पारिदैं छ जुन भारतसँग नेपालको रोटी बेटीको सम्बन्ध जोडिएको छ उसै भारतका राजदूतलाई कतै कालो झण्डा देखाईंदै छ भने कतै जुत्ता हानिदै छ ।

"आखिर यो सबैको पछाडि कस्को हात छ" यो कम्युनिष्ट हेकमवादी जालझेल को कारण प्रजातन्त्रको भविष्य खतरामा आई परेको छ यो सबै बाट बच्ने एक मात्र उपाय राजा र राजसंस्था रहेको छ' विज्ञप्तीमा अगाडि भनिएको छ । देशमा बढी रहेको हत्या हिंसा र राजनीतिक अस्थिरता को जिम्मेदार वामपंथी र वामपंथीदलहरु भएको आरोप पनि विज्ञप्तीमा लगाइएको छ । कार्यक्रममा नागेश्वर साह सुशीला भट्टराई सुशिला पौडेल र राजेश पटेल प्रमुख प्रतिनिधिको रुपमा रहेका थिए ।

कोई टिप्पणी नहीं: