सोमवार, 23 मई 2011

नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्नका लागि संयुक्त अधिराज्य लण्डनमा नया शैलीका प्रचार


नेपाली राजदूतावास लण्डनले नेपाल पर्यटन वोर्डको सहयोगमा नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्नका लागि संयुक्त अधिराज्यमा लण्डन लगायतका अन्य शहरहरुमा विभिन्न खाले प्रचार प्रशार कार्य तिव्र गतिमा अगाडि वढाएको छ । यूरोपका विभिन्न मुलुक मध्ये अत्याधिक पर्यटकहरु नेपाल भ्रमणमा जाने मुलुक वेलायतमा अपनाईएका विभिन्न खाले नया शैलीका प्रचार प्रशारवाट नेपाल जाने पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि हुने संभावना रहेको छ ।

अपनाईएका विभिन्न नया शैली मध्ये लण्डनमा अत्याधिक लोकपि्रय रहेको सार्वजनिक सवारी साधन मध्येको वहुतलीय (
 Double Decker)वस सेवा मुख्य रुपमा रहेको छ । उक्त डवल डेकर रातो रंगका वसको वाहिरी भागका भित्ताहरुमा पर्यटन वर्ष २०११ को मूल अभिव्यक्ति (Naturally Nepal) नारा सहितको लोगो छपाई प्रचार प्रशार कार्य तिव्रताका साथ अगाडि वढाईएको छ । शहरको मुटुमा रहेको Trafalgar Square   हुंदै Liverpool,  Bond Street, Kensington High Street  / Oxford मा चल्ने करिव १५ वटा वहुतलीय वसहरुका वाहिरी भागमा नेपाल प्रवर्धन संवन्धी सामाग्री साथ गुड्ने गरेका छन् । उक्त प्रचार सामाग्री अत्याधिक व्यक्तिहरुको नजर पर्ने हुंदा इगतमययच प्रचार प्रशारका लागि यो प्रचार शैली अत्यन्तै सशक्त र प्रभावकारी मानिएको छ । यसवाट वेलायती पर्यटक मात्र नभई लण्डन भ्रमणमा आउने विश्वभरीकै पर्यटकहरुले नेपालको प्राकृतिक सुन्दरता तथा पर्यटकीय गन्तव्यवारे जानकारी पाईरहेका छन् ।

यस अगाडि राजदूतावासले लण्डनवाटै प्रकाशित हुने 
Geographical Magagine'' को  A4 Size Advertisement  मा ६।७ पेजहरुमा नेपालको पर्यटन प्रवर्धन संवन्धी सामाग्रीहरु प्रकाशित गरिएको थियो । Royal Geographical Society ले प्रकाशित गर्ने उक्त पत्रिका बेलायतमा अत्यन्त लोकपि्रय रहेको र पर्यटनमा चासो राख्ने अत्याधिक पाठकहरुले यो Magazine खोजी खोजी पढ्ने गर्दछन् । कतिले त त्यही पत्रिकामा निस्कने सामाग्रीहरुका आधारमा आफ्नो आगामी ज्यष्मिबथ को कार्यक्रम तय गर्दछन् । यस म्यागाजिनमा प्रकाशित हुने सामाग्रीव्दारा संवन्धित देशका जनताको जीवन शैली कला संस्कृति तथा पर्यटकीय आकर्षणका विभिन्न क्षेत्रवारे जानकारी दिने गरिन्छ ।

कोई टिप्पणी नहीं: